पूर्वराष्ट्रपति भण्डारीबारे छलफल गर्दै एमाले

पूर्वराष्ट्रपति भण्डारीबारे छलफल गर्दै एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल सुरु भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको विषय प्रवेश गराएका छन् ।

एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका र थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे नेताहरूबीच कुराकानी भएको छ ।

‘विधान महाधिवेशन सम्बन्धी छलफल भइरहेको हो के कसरी जाने भनेर । छलफल हुँदैछ । पार्टीमा सबैको ठूलो नेतृत्व छ । भण्डारीजीको बारेमा पनि छलफल हुन्छ । अध्यक्षजीले पनि छलफल गरौंला भन्नुभएको छ । उहाँको व्यक्तिगत निजी विषय पनि भएन । उहाँले सबै त्यागेर आइसकेपछि यो पार्टीको कुरा हो छलफल हुन्छ । उहाँ आउनुहुन्छ भनि उहाँलाई उचित स्थान दिनुपर्ला । त्यो पनि पार्टीको हाइलेबलमा कुराकानी होस् भन्ने हाम्रो चाहना हो । यो सार्वजनिक विषय हो, यसलाई हल गर्नैपर्छ,’ उनले भने ।

एमालेको जारी सचिवालय बैठकमा पदाधिकारीहरूले आ–आफ्नो मत व्यक्त गर्ने क्रम चलिरहेको छ ।

असार १४ गते मदन जयन्तीका अवसरमा भण्डारीले एमाले राजनीतिमा पुनरागमन गरेको र आफूले सदस्यता समेत नवीकरण गरिसकेको जानकारी दिएकी थिइन् ।