काठमाण्डु – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भोलि शुक्रबार बस्दैछ ।
बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निजी निवासमा बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा नेताहरूको कार्यविभाजन हुने उनले बताए । गत मंसिरमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको थिएन ।




प्रतिक्रिया