भक्तपुर – नेकपा एमालेको सचिवालय बैठकमा नेताहरूले बोल्ने क्रम जारी रहेकाले भोलि आईतबार पनि बस्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा शनिबार बसेको दोस्रो दिनको बैठकमा पार्टीका महासचिव शंकर पोखरेल, ३ उपमहासचिव र ५ सचिवसहित ९ जना नेताहरूले आफ्नो धारणा राखेका एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनले पार्टीको आईतबार बस्ने बैठकमा बाँकी ४ सचिवले आफ्नो धारणा राख्ने जानकारी दिँदै सबैको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने सञ्चारकर्मीलाई जानकारी दिए ।
शुक्रबारदेखि सचिवालय बैठक जारी छ ।




प्रतिक्रिया