Warning: preg_match_all(): Compilation failed: unmatched closing parenthesis at offset 24 in /var/www/html/wp-content/plugins/seo-by-rank-math/includes/replace-variables/class-post-variables.php on line 543

नेपालको भूभागमा चीनविरूद्धका गतिविधिमा रोक लगाएका छौं : एमाले अध्यक्ष ओली | Kathmandu Pati Kathmandu Pati
Warning: preg_match_all(): Compilation failed: unmatched closing parenthesis at offset 24 in /var/www/html/wp-content/plugins/seo-by-rank-math/includes/replace-variables/class-post-variables.php on line 543

नेपालको भूभागमा चीनविरूद्धका गतिविधिमा रोक लगाएका छौं : एमाले अध्यक्ष ओली

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसंग नेपाल भ्रमणमा रहेकी चिनियां कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा भएको भेटमा नेपाल–चीनबीच पारस्परिक सहयोग, नेपालको आर्थिक विकासमा चिनियां सहयोग र दुई पार्टीबीचको आपसी सम्बन्ध लगायत विषयमा कुराकानी भएको भेटमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सदस्य गोपाल खनालले बताए ।

भेटमा उपमन्त्री सुनले नेपाल र चीनबीच पारस्परिक सहयोगका विभिन्न आयाममाथि चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने बताईन ।

उनले चीनले गरेको आर्थिक विकासबाट नेपालले लाभ लेओस भन्ने चाहना चीनको रहेको भन्दै त्यसका लागि नेपालले प्राथमिकता निर्धारण गरेर विकास परियोजनाहरू अगाडि बढाउनुपर्ने सुझाव दिइन ।

भेटमा उपमन्त्री सुनले चीनका राष्ट्रपति सी चिनफिङले अध्यक्ष ओलीलाई पठाउनुभएको शुभकामना र सम्झना समेत पढेर सुनाएकी थिईन ।

भेटमा एमाले अध्यक्ष ओलीले नेपालको विकासमा छिमेकी मित्रराष्ट्र चीनले गर्दै भएको सहयोगको प्रशंसा गर्दै नेपालको विकासमा चीनले निरन्तर सहयोग गर्ने विश्वास रहेको धारणा राखेका थिए ।

अध्यक्ष ओलीले नेपालले सधै एक चीन नीतिलाई कार्यान्वयन गर्दै आएको र नेपालको भूभागमा चीनविरूद्धका गतिविधिमा रोक लगाएको बताएका थिए ।

भेटमा अध्यक्ष ओलीका साथमा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, सचिव अन्जान शाक्य र सदस्य गोपाल खनाल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement