काठमाण्डु– नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा लफडा भएको छ ।
गत वैशाख २० देखि जनकपुरमा जारी अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा २ समूहबीच कुटाकुट भएको हो।
विधान विपरीत परेको उम्मेदवारीमा दावी विरोधको उजुरी पर्दा पनि उम्मेदवारी खारेज नगरेको भन्दै विवाद हुदा कुर्सी हानाहान र तोडफोड समेत भएको छ ।
अहिले मतदान प्रक्रिया रोकिएको छ ।
भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन् ।
प्रतिक्रिया