एमाले निकट इन्जिनियरको बागमती प्रदेश अध्यक्षमा सरद पण्डित चयन


काठमाण्डु – नेकपा एमाले प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपा (पिन)को वागमति प्रदेश कमिटीले नयाँ नेतृत्व चयन गरेको छ ।

शनिवार सम्पन्न पिनको दोस्रो अधिवेशनले निवर्तमान उपाध्यक्ष सरद पण्डितलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । त्यस्तै सचिवमा प्रदिप खकुरेल चयन भएका छन् ।

१९ सदस्यीय कमिटीको उपाध्यक्षमा पुष्पराज घिमिरे, सहसचिव सुमन कोइराला र कोषाध्यक्ष प्रदिप श्रेष्ठ चयन चयन भएका छन् ।

सदस्यहरुमा संजित कार्की,नारायण ज्ञवाली, विश्वास नेपाल ,पुरन सुवेदी,श्रृजा महर्जन, गोबद्र्धन बास्कोटा,देव ढुंगेल,राजन न्यौपाने, नविन गिरी, श्यामहरी आचार्य, अजित रिमाल,अनुप देवकोटा,अंकित लोहनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement