एमालेले बोलायो आकस्मिक स्थायी समिति बैठक ,पार्टी एकताबारे निर्णय गर्ने तयारी


काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता र शक्ति बांडफांडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ । ओलीले प्रचण्डसंगको छलफल लगत्तै आफ्नो स्थायी समितिको बैठक निर्माण व्यवसायी शारदा अधिकारीको घर ललितपुरस्थित मानभवनमा नै बोलाएका छन् ।

यसअघि एकजना अध्यक्षले पार्टीको नेतृत्व र अर्कोेले सरकारको नेतृत्व गनुपर्ने विकल्प माओवादीले अघि सारेको थियो । तर, मओवादीको यो विकल्पमा एमाले अध्यक्ष ओली सहमत नभएपछि केही खटपट समेत भएको थियो ।

एमालेका केही नेताले अध्यक्ष र प्रधानमन्त्री दुवै ओलीले नै गर्नुपर्ने बताएपछि माओवादीका नेता कार्यकर्ता झस्किएका थिए । आज नै दुई पार्टी सम्मिलित एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ । एकता र शक्ति बांडफांडवारे ओली र प्रचण्डले सोमवार ‘प्रारम्भिक सहमति’ गरेको बताएका थिए । आज बस्ने बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement