काठमाण्डु – नेकपा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको छ ।
बुधबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्वमाओवादी केन्द्रबाट आएका २३ जना नेतालाई समेटेर केन्द्रीय कमिटी विस्तार गरेको हो ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि बोलाइएको जानकारी दिए ।
बैठकले रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङ्बुहाङ, पासाङ शेर्पा, ज्वाला शाह, टेकबहादुर बलमपाकी, कमल चौलागाई, मनोज, विशमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, गिरधरीलाल, झपट बोहरा, गौरीशंकर चौधरी, खमन बिक, धर्मराज, नवीन रोक्का, चन्द्रबहादुर खड्का, दिनेश पन्त र दावा लामालाई केन्द्रिय सदस्यमा नियुक्त गरेको छ ।




प्रतिक्रिया