एमालेबाट प्रदिप परराष्ट्र,ईश्वर अर्थमन्त्री बन्दै,मन्त्री छान्न दुबै पार्टीमा सकस


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीको तर्फबाट सरकारमा पठाइने मन्त्रीहरुको नाम टुंगो लगाउन बैठक बस्न लागेको एमाले नेता प्रदिप ज्ञवालीले जानकारी दिए । माओवादी र एमालेबीच विहिवार मन्त्रालय बांडफांडको टुंगो लागेको थियो । सहमतीअनुसार माओवादी केन्द्रको भागमा ७ वटा मन्त्रालय र एमालेको भागमा १० वटा मन्त्रालय परेको खुलासा सबैभन्दा पहिले काठमाडौंपाटीले गरेको थियो ।

एमाले स्थायी कमिलटीले मन्त्री छान्नको लागी वरिष्ट नेताको समन्वयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न सक्ने सम्भावना छ । एमालेमा पनि दुई दर्जन नेताहरु मन्त्रीका आकांक्षी छन् । एमालेबाट अर्थमन्त्रालयमा पार्टी महासचिव समेत रहेका ईश्वर पोखरेल र परराष्ट्रमन्त्रालयमा सचिव प्रदिप ज्ञवालीको टुंगो लागिसकेको उच्च स्रोतले जानकारी दियो । अर्थराज्यमन्त्रीमा पुर्व गर्भनर युवराज खतिवडाको टुंगो लागेको एक एमाले नेताले जानकारी दिए ।

एमाले स्थायी कमिटीको वैठकपछि आजै मन्त्रिपरिषदको विस्तार गर्ने तयारी छ । माओवादीबाट पनि रामबहादुर थापा र मातृका यादवलाई आजै सरकारमा पठाउने तयारी रहेको माओवादी स्रोतले जानकारी दियो । ‘सवै नाममा सहमती नभए दुबै पार्टीबाट केहीलाई आजै सरकारमा पठाउने तयारी छ, सरकार विस्तारमा ढिलाईले बाहिर राम्रो सन्देश भएको छैन् ।’ एमालेका एक नेताले भने ।

दुवै पार्टीमा मन्त्रिका आकांक्षी धेरै भएपछि दुवै पार्टी अध्यक्षलाई मन्त्री चयन गर्न समस्या भएको छ । एमाले अध्यक्ष ओली फागुन ३ मा दुई मन्त्रीसहित प्रधानमन्त्रीको सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement