काठमाण्डु- नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ।
पार्टीले साउन २ र ५ गते पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। ती बैठकका एजेन्डाबारे छलफल गर्नका लागि एमालेले सचिवालय बैठक आह्वान गरेको हो।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठकमा विधान महाधिवेशनका एजेन्डामाथि पनि छलफल सुरु हुनेछ।
एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
यस्तै महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् । जसअन्तर्गत राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, साङ्गठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने तयारी छ ।




प्रतिक्रिया