काठमाण्डु – एमाले केन्द्रीय सचिवालयको बैठक शनिबार पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दैछ।
शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षहरू पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण बिष्ट, र रघुजी पन्तले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए।
छ घण्टाभन्दा बढी चलेको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल गरिएको थियो। थापाबाहेक चार उपाध्यक्षले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।
शनिबार बोल्न बाँकी रहेको १२ जनाले बोल्नेछन् ।
शुक्रबारको बैठकमा नेताहरूको कार्य विभाजनको विषयले प्रवेश नै पाउन सकेको थिएन। उपमहासचिव लेखराज भट्टले शनिबारको बैठकमा सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने जानकारी दिए ।
अध्यक्ष ओलीले नेताहरूको कार्य विभाजनको प्रस्ताव सोमबारको बैठकमा राखेका थिए । त्यही प्रस्तावका आधारमा नेताहरूले आ–आफ्ना धारणा राखेका हुन्।




प्रतिक्रिया