काठमाण्डु – एमालेको केन्द्रीय सचिवालय बैठक आइतबार पनि बस्दैछ । बैठक बिहान साढे १ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्नेछ । बैठकमा उठेका प्रश्नको अध्यक्ष ओलीले जवाफ दिने छन् ।
शनिबार बसेको दोस्रो दिनको बैठकमा पार्टीका महासचिव शंकर पोखरेल, ३ उपमहासचिव र ५ सचिवसहित ९ जना नेताहरूले आफ्नो धारणा राखेका एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनले पार्टीको आइतबार बस्ने बैठकमा बाँकी ४ सचिवले आफ्नो धारणा राख्ने जानकारी दिँदै सबैको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने जानकारी दिए ।
शुक्रबार र शनिबार बोल्ने अधिकांशले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।




प्रतिक्रिया