एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको एमालेको स्थायी कमिटी बैठक अनिश्चितकाल सम्मका लागि स्थगित भएको हो ।

पार्टी कार्यालय सचिव शेरवहादुर तामाङले माधव नेपाल समूहको आजको बैठकको रणनीति हेरेर बैठक बोलाउने जानकारी दिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले माधव नेपाल समूहलाई पार्टीभित्र समेट्ने रणनीति लिएका छन् । उनले पार्टीलाई विभाजनबाट रोक्नका लागि नेपाल समूहका नेताहरुसँग वार्ता गरिरहेका छन् ।

माधव नेपाल समूहका ११ जना नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय पुनःरावलोकन गर्ने विषयमा अध्यक्ष ओली र नेपाल पक्षका नेताहरुबीच छलफल चलिरहेकाले वार्त निष्कर्षमा पुगेपछि अर्को बैठक बस्ने सचिव तामाङले बताए ।

यसअघि बसेको एमाले स्थायी कमिटी बैठकले नेता माधव नेपालसहित झलनाथ खनाल, भीम रावलसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो ।

मंगलबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीलाई उकताबद्ध गराउन पार्टी अध्यक्ष अ‍ोलीले अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो