एमालेबाट देवेन्द्र दाहाल पनि मन्त्री बन्दै

एमालेबाट देवेन्द्र दाहाल पनि मन्त्री बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरूको नाम टुँगो लगाउन छलफलमा जुटेको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले आज पद तथा गोपनियताको शपथ हुँदैछ । प्रधानमन्त्रीको शपथ पछि नवनियसक्त मन्त्रीहरूले शपथ लिनेछन् ।

कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा टुँगो लागिसकेको छ भने कसलाई मन्त्री बनाउने भन्ने विषयमा दुवै दलभित्र तीव्र छलफल जारी छ ।

एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचनाप्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ सहमति भएको छ ।

एमालेबाट मन्त्रीका लागि देवेन्द्र दाहालको नाम पनि चर्चामा आएको छ । प्रधानमन्त्री ओली निटक मानिएका दाहाल राष्ट्रिय सभाको संसदीय दलका नेता हुन् । उनी भौतिक पूर्वाधार तथा यातायत मन्त्री बन्ने जनाइएको छ ।

अर्थ मन्त्रालयमा विष्णु पौडेल जाने पक्का छ । यस्तै रक्षामा मानवीर राई रक्षा, सञ्चारमा पृथ्वी सुब्बा गुरुङ, शिक्षामा विद्या भट्टराई, उद्योगमा दामोदर भण्डारी, संघीय मामिला तथा सामान्य प्रशासनमा राजकुमार गुप्ता, भूमि व्यवस्था तथा सहकारीमा बलराम अधिकारी मन्त्री बन्ने टुंगो लागेको एमाले स्रोतले जनाएको छ ।