एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक ५ असोजसम्मका लागि स्थगित


काठमाण्डु – राष्ट्रिय सभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । बुधबार बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले उठेर विरोध गर्न थालेपछि पहिलो संविधानसभाका सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्थाव पारित गर्दै बैठक स्थगित भएको हो ।

बुधबारको बैठक ५ असोज २०७८ सम्मका लागि स्थगित गरिएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए । एमाले विभाजनमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले मुख्य भूमिका खेलेको भन्दै २३ भदौदेखि सुरु भएको संघीय संसदका दुबै सदनका बैठक एमालेले अवरुद्ध गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement