एमाले महाधिवेशन : भोजपुरमा तीन महिलासहित सर्वसम्मत प्रतिनिधि चयन


काठमाण्डु – नेकपा एमाले भोजपुरमा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रदेश १ को भोजपुर जिल्लामा ९ जना प्रनिनिधि सर्वसम्मत चयन भएका हुन् ।

प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहजिल्ला समेत रहेको भोजपुरबाट ९ जना प्रनिनिधिहरू सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार महाधिवेशनका लागि एमाले भोजपुरका अध्यक्षसमेत रहेका प्रेमकुमार राई, शरणकुमार राई, मक्करबहादुर खड्का, सुरेन्द्र उदास, किरण राई, खड्गवहादुर कार्की (प्रेम), सिर्जना राई, कविता राई र सजना परियार सर्वसम्मत निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement