आज एमाले र राजावादीको प्रदर्शन

आज एमाले र राजावादीको प्रदर्शन

दुबै पक्षलाई प्रदर्शन गर्न छुट्टाछुट्टै समय तोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गणतन्त्र दिवसका दिन बिहीबार सत्तारुढ नेकपा एमाले र राजावादी समूहले एकै पटक काठमाण्डुको रत्नपार्कमा प्रदर्शन गर्दै छन्।

एमालेले गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ भने राजावादीहरूले गणतन्त्रको विरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।

दुवै पक्षले एकै पटक र स्थानमा प्रदर्शन गर्न लागेको हुँदा स्थानीय प्रशासनले दुवैलाई अलग अलग समय तोकिदिएको छ । एमालेले रत्नपार्कमा कार्यक्रम गरिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजावादी समूहले प्रदर्शन गर्नेछ ।

एमालेले गणतन्त्र दिवस मनाउने कार्यक्रम छ । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित प्रदर्शन गर्ने बताएका छन् ।

जिल्ला सुरक्षा समिति काठमाण्डुले एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि राजावादीले सोही स्थानमा कार्यक्रम गर्ने सहमति गराएको हो।

एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम शुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको छ ।

राप्रपा र राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दिउँसो २ बजेपछि शान्तिवाटिकामा कार्यक्रम गर्ने भएका हुन्।

कुनै अप्रिय घटना नहोस् भनेर नेपाल प्रहरीले काठमाण्डुमा सुरक्षा व्यवस्था कडा बनाएको छ।