स्वतन्त्र सांसद किरण शाह एमाले प्रवेश, प्रतिनिधिसभामा एमालेको १ सिट बढ्यो


काठमाण्डु – रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् । शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांझ एमालेमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल समेत सहभागी थिए । जसपा परित्याग गरेर एमाले प्रवेश गरेका शाह रौतहट क्षेत्र नम्बर २ बाट जसपाका नेता शैलेन्द्र शाहले टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

शाह एमाले प्रवेशसंगै एमालेको प्रतिनिधिसभामा एक सिट बढेको छ । शाह सांसद प्रभु शाहको पार्टीमा जाने चर्चा भएपनि अन्तत उनले एमाले रोजेका हुन् । उनले सत्ता गठबन्धनका उम्मेदवार तथा पुर्वमन्त्री महम्मद आफताव आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement