एमालेद्वारा ‘निम्स दाई’ सहित पर्वतारोहीको निधनमा दुःख व्यक्त

एमालेद्वारा ‘निम्स दाई’ सहित पर्वतारोहीको निधनमा दुःख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेले पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ नेपाली आरोहीको निधन भएकामा गहिरो दुःख व्यक्त गरेको छ ।

महासचिव शंकर पोखरेलले आइतबार शोक वक्तव्य जारी गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

पोखरेलले मुलुकले साहसी र प्रेरणादायी पर्वतारोही गुमाएको भन्दै दुःख व्यक्त गरे ।

आरोहीहरूले विश्व पर्वतारोहणमा स्थापित गरेका कीर्तिमानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान दिलाउन भूमिका खेलेको उनले स्मरण गरे ।

वक्तव्यमा पोखरेलले कीर्तिमानी आरोही पुर्जाले ६ महिना ६ दिनमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको उल्लेख गरेका छन् ।

नेपालको पर्वतारोहण क्षेत्रले अपूरणीय क्षति बेहोरेको उल्लेख गर्दै उनले दिवंगत आरोहीहरूको साहस, समर्पण र योगदान नेपाली इतिहासमा सधैँ सम्मानपूर्वक स्मरण गरिने महासचिव पोखरेलले बताए ।