एमाले स्थायी समितिको बैठक सम्पन्न, यस्ता छन् बैठकका निर्णय ?


काठमाडौं– नेकपा एमालेले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन बसेको एमाले स्थायी समिति बैठकले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष ओलीलाई दिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार विहान बसेको बैठकले मन्त्री छान्ने जिम्मेवारी प्रधानमन्त्री समेत रहेका ओलीलाई दिएको एमाले प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।

एमालेमा पार्टीबाट मन्त्री छान्दा भूगोल, योग्यता र क्षमता हेरेर छनोट गर्नुपर्ने आवाज उठेको छ । बैठकले माओवादी केन्द्र र एमालेबीच भएको सात बुंदे आधारपत्रलाई समेत अनुमोदन गरेको छ ।

एमाले स्थायी समिती बैठकमा संघीय समाजवादी फोरम र राजपालाई समेत सरकारमा ल्याउनुपर्ने भन्दै त्यसका छलफल अघि बढाउने निर्णय समेत भएको छ । स्थायी समितीको बैठकले अनेरास्ववियूलगायतका सवै कमिटीका सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement