एमालेको कार्यदल बैठक सिंहदरबारमा सुरु

एमालेको कार्यदल बैठक सिंहदरबारमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको कार्यदल बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक केहि बेरअघि सुरु भएको हो ।

यसअघि बिहान ८ बजेका लागि तय भएको बैठक १० बजेका लागि सारिएको थियो । तर नेपाल पक्षका कार्यदलका सदस्य भीम रावल नेपाललाई भेट्न कोटेश्वर पुगेपछि बैठक पर धकेलिएको थियो ।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त, भिम आचार्य छन् भने ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णुप्रसाद पौडेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।