प्रधानमन्त्रीले शनिवार यूएनको महासभालाई सम्बोधन गर्ने, नेपालले आणविक अस्त्र निषेध सन्धीमा हस्ताक्षर गर्दै


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्रसंघको महासभालाई आगामी शनिबार सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको भ्रमणअघि नै परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आईतबार राती ९ बजे राष्ट्रसंघ हेर्ने मन्त्रालयका सहसचिव भरत पौडेलसहित न्युयोर्क जाने तयारीमा छन् ।  

परराष्ट्रन्त्री महराका संयोजक हरि लामिछाने महरा आईतबार महासभामा बैठककमा सहभागी हुन आइतबार न्युयोर्क जान लागेको पुष्टि गरे ।

 

 

 

प्रधानमन्त्री देउवा उच्चस्तरीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन मंगलबार न्यूयोर्क प्रस्थान गर्नेछन् । परराष्ट्रमन्त्रालयकाअनुसार प्रधानमन्त्री देउवाले शनिवार नै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई भेट्ने कार्यक्रम छ ।

 

 

महासभा बैठकका क्रममा प्रधानमन्त्री देउवाले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसका लागी न्युयोर्कस्थित स्थायी नियोगले समयको टुंगो समेत लगाइसकेको छ । प्रधानमन्त्री देउवाले पाकिस्तानका प्रधानमन्त्री शहिद खाकान अब्बासी, अफगानस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना र बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग छुट्टा–छुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवा न्युयोर्कबाट मस्कट जाने कार्यक्रम समेत छ ।

 

 

परराष्ट्रमन्त्री महराले महासभा बैठकका क्रममा बहराइन,भुटान,नर्वे,ओमान र कतारका विदेशमन्त्रीसंग द्धिपक्षीय भेटवार्ता वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । महराले युएनका उच्च अधिकारीसंग भेटवार्ता गर्नुका साथै युएनले अघि सारेको आणविक अस्त्र निषेध सन्धीमा समेत हस्ताक्षर गर्ने कार्यक्रम छ ।

 

सन्धीको उद्देश्य आम विनासकारी हतियार निर्मुल पार्नु रहेको छ । यसमा नेपालले पनि प्रतिवद्धता जनाउने भएको छ । नेपालले यसअघि १९७० मा आणविक अप्रासर सन्धी अनुमोदन गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement