ब्रेकिंग न्युज सुरक्षा

राष्ट्रसंघ अन्तर्गतका मिसनमा शान्ति सैनिकको सहभागिता बढाईने

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको औपचारिक भ्रमण सकेर मंगलबार स्वदेश फिर्ता भएका छन्। राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्मी फोर्सले आयोजना गरेको फस्ट ह्युमन पिस एण्ड सेक्युरीटी (डव्लुपीएस) (सिएचओडिएस) नेटवर्क मिटिङ तथा संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गरेको तेस्रो (चिफ अफ डिफेन्स कन्फेरेन्स) मा सहभागी भई उनी स्वदेश फिर्ता भएका हुन् ।

dish home

प्रधानसेनापति थापा राष्ट्रसंघको औपचारिक भ्रमणका लागी असार २३ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेका थिए । भ्रमणको दौरानमा प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघ मुख्यालयमा विश्व शान्तिका लागि नेपाली सेनाले क्षमता बढाउँदै लैजाने जानकारी गराएका थिए । संयुक्त राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा आयोजित वरिष्ठ सैनिक अधिकारीको बैठकमा उनले नेपाली सेनाको संख्या अनुरूप उच्च पद पाउनुपर्नेमा समेत जोड दिए।

दुई-दुई वर्षमा आयोजना हुने विश्वभरका वरिष्ठ सैनिक अधिकारीको महत्त्वपूर्ण मानिने यो बैठकमा उनले नेपाली स्वयं शान्तिप्रेमी रहेकाले पनि शान्तिको पहलकदमी गरिरहने उल्लेख गरे। उच्चपदस्थ सैनिक अधिकारी सहभागी बैठकमा शान्ति स्थापनार्थ सेनाले खेलेको भूमिका, द्वन्द्वग्रस्त मुलुकमा सेनाको सहभागिता, सेनालाई चाहिने आवश्यक तालिम, आवश्यक सामाग्री लगायतका विविध विषयका छलफलमा नेपालको प्रशंग निकै आएको थियो। १०८ भन्दा बढी मुलुकका वरिष्ठ सैनिक अधिकारी सहभागी ‘चिफ अफ डिफेन्स कन्फरेन्स’ मा प्रधानसेनापति थापाले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिका बारे विश्व समुदायलाई जानकारी गराएका थिए।

राष्ट्रसंघीय मुख्यालयको बैठकमा उनले सरकारको नीति अनुरुप संयुक्त राष्ट्र संघअन्र्तगतका मिसनमा शान्ति सैनिकको सहभागिता बढाउने स्पष्ट पारे। ‘अहिले पाँच प्रतिशत पठाइरहेकोमा कोटा पाए थप पाँच प्रतिशत सेना पठाउन सक्छौं’, प्रधानसेनापति थापाले भने, ‘सरकारले नै सेनाको संख्याको १० प्रतिशत शान्ति सेनामा पठाउन सक्ने निर्णय लिएको छ।’

उनले विभिन्न साइडलाइन बैठक र दुईपक्षीय भेटघाट समेत गरेका छन्। महिला, शान्ति र सुरक्षा विषयक कार्यक्रममा सहभागी उनले नेपालबाट विश्व शान्तिमा महिला सेनाको सहभागिता रहेको विषय पनि जानकारी गराएका थिए। प्रधानसेनापति थापाले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरू गरेका थिए । उनले पुस २७ गतेदेखि माघ २ गतेसम्म भारत भ्रमण गरे । भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा उनी ७ सदस्यीय टोलिसहित ५ दिनका लागि भारत भ्रमणमा गएका थिए ।

उनलाई पुस २८ गते भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट सम्मान गरिएको थियो । त्यसपछि चीन भ्रमण गरेका थापा अहिले अमेरिका भ्रमण गरेर फर्किसकेका छन् । प्रधानसेनापति थापा बेलायती सैन्य बलले आयोजना गरेकको प्रथम महिला, शान्ति र सुरक्षा सञ्जालसम्बन्धी सम्मेलन तथा संयुक्त राष्ट्रसङ्घको सचिवालयले आयोजना गरेको तेस्रो रक्षा प्रमुखको सम्मेलनमा सहभागी भएका हुन् । भ्रमणका क्रममा उनले अमेरिकाका उच्च सैनिक पदाधिकारीसँग समेत भेटवार्ता गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भ्रमणको दौरान प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघ मुख्यालयमा कार्यरत विशिष्ट व्यक्तित्वहरु लगायत Department of Defense -DoD_ df US Armed Forces sf Vice Chairman of the Joint Chiefs of Staff General Paul J= Selva / DoD अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top