राष्ट्रसंघले अनुरोध गरे १० हजारसम्म शान्ति सेना पठाउन सक्छौः रक्षामन्त्री पोखरेल


काठमाडौं – रक्षामन्त्री ईश्वर पोखरेलले शान्ति मिसनमा सहभागी हुने नेपाली सेना र प्रहरीका लागि राष्ट्रसंघीय मुख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिताको माग गरेका छन् ।

संयुक्तराष्ट्र संघको मुख्यालयमा आयोजित शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई बोल्दै मन्त्री पोखरेलले उक्त स्तरमा सहभागीताको माग गरेका हुन् । ‘युएन मिसनमा परिचालन हुने शान्ति सेना र प्रहरीका लागि राष्ट्रसंघीय मुख्यालय र शान्ति मिसनको उच्च तहमा थप सहभागीताका लागि आव्हान गर्छौं,’ उनले सम्बोधनका क्रममा भने ।
उपप्रधानमन्त्री समेत रहेका मन्त्री पोखरेलले राष्ट्रसंघको अनुरोधमा १० हजारसम्म शान्ति सेना परिचालन गर्ने नेपाल तयार रहेको दावी गरे ।

विगत ६१ वर्षदेखि राष्ट्रसंघीय शान्ति मिसनमा सघाइरहेको देशको हैसियतले यो कार्यक्रममा नेपालले यस कार्यक्रमलाई उच्च महत्व दिएको बताउंदै पोखरेलले कार्यक्रमले भविष्यमा हुने शान्ति मिसनमार्फत हुने रुपान्तरणमा ठूलो महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

राष्ट्रसंघका महासचिवले अघि सारेका शान्ति कार्य, लैङ्गिक रणनीतिलगायतका सुधारमा नेपालको समर्थन रहेको उनले बताए । रक्षामन्त्री पोखरेलले शान्ति मिसनहरुको कार्यक्षमतामा नयां ढंगले सुधार गर्ने जानकारी दिए ।

सम्बोधनमा उनले नेपालले सन् २०१९ र २०२० का पिस किपिङ क्यापाविलिटी रेडिनेस सिस्टमका लागि एउटा इन्फेन्टी बटालियन र फोर्स प्रोटेक्सन कम्पनीमा बढुवाका लागि आफ्नो घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement