शान्ति स्थापनार्थका लागि सोमालिया मिसनमा जान लागेका प्रहरी अधिकृतको बिदाई


काठमाडौं – प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सोमालियास्थित मिसनमा खटी जाने प्रहरी अधिकृतको बिदाई गरेको छ ।

शान्ति स्थापनार्थमा सोमालियास्थित UNSOM मिसनमा अनपोलको रुपमा खटी जान लागेका प्रहरी नायव उपरीक्षक विष्णु प्रसाद सोतीलाई आइतबार युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विभूती राज पाण्डेले बिदाई गरे ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले मिसनमा पनि उत्कृष्ट काम गरी सफलता
हासिल गर्न प्रहरी नायव उपरीक्षक सोतीलाई शुभकामना दिए । प्रहरी नायव उपरीक्षक सोती भदौ १७ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement