भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीका लागि ८ करोडको छात्रवृत्ति

भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीका लागि ८ करोडको छात्रवृत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली विद्यार्थीहरूका लागि भारतीय विश्वविद्यालयहरू संवेदनशील रहेको र उनीहरूको सुरक्षाका लागि सतर्क रहेको प्रतिनिधिले बताएका छन् ।

सन्दिप विश्वविद्यालय महाराष्ट्रले बिहीबार काठमाण्डुको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ८ करोड नेरु बराबरको छात्रवृत्ति घोषणा समेत गरेको हो ।

विद्यालयका व्यवस्थापक आरएन झाले अन्य देशका भन्दा भारतीय विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीलाई राम्रो व्यवहार हुने दाबी गरे ।

झाले विभिन्न समयमा भारतका अन्य क्याम्पसहरूमा नेपाली छात्राहरूमाथि भएको हत्या तथा दुव्र्यवहारप्रति खेद प्रकट गर्दै भने, ‘नेपाली छात्राहरूमाथि घटनाले हामीलाई स्तब्ध तुल्याएको छ । घटनाको छानबिन गरी पीडितलाई न्याय र पीडकहरूलाई कारबाहीको दायरामा ल्याउन भारत सरकारले नै छानबिन गर्दैछ ।’

‘अन्य विद्यालय विशेषप्रति म कुनै टिप्पणी त गर्न चाहन्न तर सन्दिप युनिभर्सिटीमा भने विद्यार्थीहरूको सुरक्षा तथा पठनपाठनका लागि विशेष व्यवस्था रहेको छ,’ झाले थपे ।

सन्दिप विश्वविद्यालय महाराष्ट्रस्थित नाशिक र बिहार मधुवनी गरेर २ ठाउँमा रहेको र ती दुवै प्रातमा नेपाली विद्यार्थीहरूका लागि ८ करोड भारु तथा नेरु करीब १३ करोड बढीको छात्रवृत्तिको व्यवस्था गरेको झाले जानकारी दिए ।

उनले आर्थिक रूपले विपन्न तथा अब्बल नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए ।

आफ्नो विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीहरू निर्धक्क भएर आउन अनुरोध समेत झाले अनुरोध गरे । पछिल्लो समयमा नेपाली समाजमा भारतीय विद्यालयहरूप्रति नकारात्मक धारणा बन्दै गएकाले आफूहरू नेपालमै आएर सो विषयमा प्रष्ट पार्न पत्रकार भेटघाट कार्यक्रम राखेको बताए ।

विश्वविद्यालयका अर्का प्रतिनिधि अमित यादवले नेपाल र भारतबीचको भाषा, संस्कृति र रहनसनले सदियौंदेखि असल र मित्रता रहेकोले आफूहरूको मुख्य ध्यान तथा लगाव नेपाली विद्यार्थीमा रहेको बताए ।

यादवले महाराष्ट्रस्थित सन्दिप युनिभर्सिटीमा २० हजार र बिहार मधुवानीमा ५ हजार विद्यार्थीहरू अध्ययनरत रहेका र दुवै विद्यालयमा २०० बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको समेत जानकारी दिए ।