ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता नखेल्ने


काठमाडौं – नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा हुने अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता नखेल्ने भएका छन् ।

ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ओमान क्रिकेटको आयोजनामा अक्टोबर ५ (असोज १८) देखि हुने टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने जानकारी दिएका नेपाली राष्ट्रिय टिमका मिडिया म्यानेजर सुरज शाक्यले जानकारी दिए ।

ओमानमा हुने प्रतियोगिता नखेल्ने बताएका ज्ञानेन्द्र आगामी मंसिरमा नेपालमा आयोजना हुने साग गेम्सअन्तर्गतको क्रिकेट टिममा समावेश छन् ।

ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका:
नेपाल भर्सेस हङकङ – ६ अक्टोबर
नेपाल भर्सेस नेदरल्यान्ड्स-  ७ अक्टोबर
नेपाल भर्सेस आयरल्यान्ड – ९ अक्टोबर
नेपाल भर्सेस ओमान – १० अक्टोबर

प्रतिक्रिया दिनुहोस
Advertisement