प्रधानमन्त्रीले गरे उपकुलपतिहरूसँग छलफल (तस्बिरहरु)

प्रधानमन्त्रीले गरे उपकुलपतिहरूसँग छलफल (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले विश्व विद्यालय र विभिन्न स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गरेका छन् ।

सोमबार सिंहदरबारमा भएको छलफलमा ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरू ‍सहभागी थिए ।

कुलपति प्रधानमन्त्री आफैं रहेका छन् ।

बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहभागी थिए ।

यस्तै विश्व विद्यालयतर्फ त्रिभुवन विश्वविद्यालय, काठमाण्डु विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, ​नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरु सहभागी थिए ।

यता कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरू सहभागी थिए ।

विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे छलफल भएको थियो । यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल भएको सचिवालयले बताएको छ ।