प्रधानसेनापतिद्वारा पांच उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं– नेपाली सेनाका पांच सहायकरथीहरु उपरथीमा बढुवा भएका छन् । बढुवा हुनेमा सहायक रथीहरु बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डे रहेका छन् ।

बढुवा भएका सैनिक अधिकारीहरुलाई बुधवार जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नती हुनुभएका उपरथी बालकृष्ण कार्कीलाई सूदुरपश्चिम पृतनापति,सरोज प्रताप राणालाई उत्तरपश्चिम पृतनापति, अनन्त कार्कीलाई कार्यरथी विभाग, सिताराम खड्कालाई मध्यपश्चिम पृतनापति र ताराध्वज पाण्डेलाई निरिक्षणाधिकृत कार्यालयको जिम्मेवारी दिईएको छ ।

कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement