उपरथीमा बढुवा भएका सिंहलाई सैनिक स्वास्थ्य महानिर्देशनालयको जिम्मेवारी  


काठमाडौं– नेपाली सेनाका सहायकरथी सुनिल कुमार सिंह प्राविधिक उपरथीमा बढुवा भएका छन् । मन्त्रीपरिषद्को २०७६ वैशाख ०५ भएको निर्णय अनुसार वीरेन्द्र अस्पतालका कमाण्डडेण्ट  प्राविधिक सहायक रथी सिंह उपरथीमा बढुवा भएका हुन् ।

 

जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलवार उपरथी दर्जाको दर्ज्यानी चिन्ह समेत प्रदान गरेका छन् । 

      

प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक उपरथी डा. सिंहलाई  सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी दिईएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement