सरकारका कामकाज हेर्न विभिन्न उपसमिति गठन (सूचीसहित)

सरकारका कामकाज हेर्न विभिन्न उपसमिति गठन (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न उपसमिति गठन गरेको छ। बिहीबार बसेको समितिको बैठकले कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायको काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरेको हो ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयका कामकारबाही हेर्ने जिम्मेवारी डा. अमरेशकुमार सिंहलाई दिदैं उनको नेतृत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको हो।

त्यस्तै, गृह मन्त्रालय हेर्न दीपकराज बोहरा र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हेर्न कमल सुवेदीको नेतृत्वमा सात–सात सदस्यीय उपसमिति गठन गरेको छ।

यस्तै बैठकले संवैधानिक निकायहरू अख्यितार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोक सेवा आयोग हेर्न सुरेन्द्र चौधरीको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।