उपायः सिटी कार्गोको नयाँ एप सार्वजनिक


काठमाण्डु – उपाय सिटी कार्गोले आफ्नो नयाँ एप सार्वजनिक गरेको छ । कार्गोले गत शुक्रबार एक विशेष कार्यक्रमकाबीच ‘उपाय सिटी कार्गो v.3.0 एप’ सार्वजनिक गरेको हो ।

सो कार्यक्रममा उपाय सिटीका अध्यक्ष सुमन रायमाझीले कम्पनीको भिजन, मिसन(उद्वेश्य) र मुल मान्यताबारे प्रष्ट पार्दै यस विषम परिस्थितिका बाब्जुद उपायः सिटी कार्गोका कर्मचारीहरुले दिएको हौसला र मेहनतको प्रशंसा गरेका थिए ।

कम्पनीका प्रमुख अपरेटिंग अफिसर आमिगो खड्काले कम्पनीको बिगत र बर्तमानको तुलना गर्दै कम्पनीले गत आर्थिक बर्षमा गरेको प्रगती र आउने दिनमा यसले कसरी काम गर्छ भन्ने ‘रोड–म्याप’ प्रस्तुत गरेका थिए । साथै आगामी आर्थिक वर्षमा कम्पनीले आफ्नो सेवा काठमाण्डु बाहिर पनि बिस्तार गर्ने योजना रहेको बताए । जसमा ६ वटा हब (१० ठूला शहर) पर्ने उनले भनाई थियो ।

त्यस्तै उनले नेपालीको कृषि व्यवसायमा पनि ‘सप्लाइ–चेन’ लजिस्टिकको निकै समस्या रहेकाले उपायः सिटी कार्गोलाई व्यवसायीहरुको विश्वासिलो लजिस्टिक साझेदार बनाउदै देशको आर्थिक रुपान्तरणमा अहम भुमिका खेल्न चाहेको बताए । प्रमुख खड्काले उपाय सिटी कार्गो’ नयाँ एपका विशेषताहरुको विषयमा कम्पनीका ‘उत्पादन र विकास प्रमुख’ करण रहेको बताए ।

उनले उपाय सिटी कार्गो ग्राहक एपमा ट्याकिङ र भ्याट बिलहरुको सुबिधा रहेको र चालकले पनि एपमा नै स्वचालित यात्रा सूचना र आफ्नो आम्दानी पाउने हुँदास ग्राहक ग्राहब र चालक दुबैले एपमार्फतनै सजिलै काम (ट्रिप) गर्न सक्ने भन्दै उपस्थित रहेकाहरुको बीचनै नमूना ट्रिप गराएका थिए । उनले ’डिजिटल नेपाल’ को सपना पूरा गर्न उपायः सिटी कार्गोले लजिस्टिकको क्षेत्रमा आधार स्तम्भ तयार गरिरहेको दृढता व्यक्त गरे ।

‘उपायः सिटी कार्गो एउटा अनलाइन लजिस्टिक प्ल्याटफर्म हो, जस्ले व्यक्ति र व्यवसायहरुलाई चालक साथीहरुसंग जोड्दै अनलाइन प्रविधिको माध्यमद्वारा ढुवानि सेवालाई सरल र सहज बनाउन मद्दत गर्दछ । उपायः सिटी कार्गोमा हालसम्म ३५०० भन्दा बढी ग्राहक र ५०० भन्दा बढी चालक साथीहरु आवद्ध भइसकेका छन् । उपायः सिटी कार्गोले ग्राहकहरुलाई टाटा पिक–अप, टाटा हात्ति, महिन्द्रा बोलेरो, महिन्द्रा म्याक्सिमो र अन्य कार्गो भ्यानहरुको अनलाइन सुबिधा उपलब्ध गराउछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement