अपडेट :श्रीलंकाका चर्च र होटलमा बम आक्रमणमा परी १६० को मृत्यु


एजेन्सी – श्रीलंकामा क्रिश्चियन धर्मावलम्बीले इस्टर पर्व मनाइरहँदा त्यहाँका चर्च तथा होटलहरुमा आक्रमण भएको छ । कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चका साथै कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा विस्फोट भएको हो।

आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए। त्यसपछि पनि थप दुईवटा विस्फोटन भएको समाचार प्राप्त भएको छ। श्रीलङ्काको प्रधानमन्त्री कार्यालयले अहिलेसम्म कम्तीमा १६० जनाको मृत्यु भएको पुष्टि गरेको छ। तीमध्ये नौ विदेशी नागरिक हुन्।

देशका विभिन्न स्थानमा भएका विस्फोटनमा पाँच सयभन्दा बढी व्यक्तिहरू घाइते भएको बताइएको छ। बीबीसीका अनुसार विभिन्न स्थानबाट घटनामा संलग्न भएको आशङ्कामा सात जनालाई पक्राउ गरिएको छ। रक्षामन्त्रीलाई उद्धृत गर्दै उनले अधिकांश घटनाहरू आत्मघाती आक्रमण भएका र ती सबै एउटा समूहले गराएको जनाएका छन्। सुरक्षाकर्मीहरूले केही स्थानमा छापा मारेका छन्।

बीबीसी न्यूजका अनुसार विस्फोटनमा परेर पाँच सयभन्दा बढी मानिसहरू घाइते भएका छन्।स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हताहत हुनेमा विदेशी पर्यटकहरू पनि हुन सक्छन्। आइतवार कोच्चिकाडे, कटुवापिटिया र बट्टिकलोआस्थित गिर्जाघरमा आइतवार बिहान विस्फोटन भएको थियो।

यसअघि नाम उल्लेख नगरिएको एक स्रोतलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले कम्तीमा ८० घाइतेलाई राजधानी कोलम्बोको अस्पतालमा भर्ना गरिएको जनाएको थियो।इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन्।प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्व मनाइन्छ। विस्फोटनपछि संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था कडा बनाइएको छ। शनिवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए।

बीबीसी सिंहला सेवाले कोलम्बोबाट प्राप्त जानकारीका आधारमा कम्तीमा एक सय जनाको ज्यान गएको जनाएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हताहत हुनेमा विदेशी पर्यटकहरू पनि हुन सक्छन्। मृतकहरूको सङ्ख्या बढ्न सक्ने देखिएको छ। घटनापछि श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन्। उनले फेरि आक्रमण हुन नदिन र ती विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताएका छन्।

विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमामा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदैथिए। मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए। श्रीलङ्काका अर्थमन्त्री मङ्गल समरवीरले निर्दोष मानिसहरूको ज्यान लिँदै अराजकता सिर्जना गराउने प्रयासस्वरूप ती विस्फोटन गराइएको भन्दै प्रजातन्त्र, स्वतन्त्रता र आर्थिक समृद्धि चाहने सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
Advertisement