बारा २ मा बलिया बन्दै उपेन्द्र यादव, लोसपाले पनि सघाउने


काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बारा-२ मा हुने उपनिर्वाचनमा जनतामा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।

बारा-२ मा उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाले सघाउने निर्णय गरेको हो ।

यसअघि लोसपाबाट वरिष्ठ नेता राजेन्द्र महतो उम्मेदवारी दिने चर्चा गरेको थियो । कार्यकारिणी समितिको बैठकले नेता महतोले बाराबाट चुनाव लडाउने निर्णय समेत गरेकाे थियाे । तर, अब लाेसपाले गठबन्धनकाे तर्फबाट यादवलाइ यादवलाई सघाउने भएकाे छ ।

जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बने पछि रिक्त बारा-२ मा पनि बैशाख १० गते उपनिर्वाचन हुन लागेको छ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement