उपेन्द्र यादव आएपछि कम्युनिस्ट सरकारलाई दुईतिहाई बहुमत : प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम सरकारमा सामेल भई पहिलो पटक कम्युनिष्ट नेतृत्वको सरकार दुईतिहाई बहुमतले बन्न लागेको दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले एमालेसंगको पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि भएको बताए ।

उनले उपेन्द्र यादव नेतृत्वको पार्टी पनि सरकारमा सहभागी भई पहिलो पटक नेपालमा वामपन्थीको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बन्न लागेको बताएका हुन् । प्रचण्डले दुई पार्टीबीचको एकताबाट आम जनतामा खुशीयाली छाउनु ठूलो उपलब्धी भएको तर्क गर्दे । उनले वामपन्थी एकताबाट दक्षिणपन्थी शक्तिहरु आतंकित भएको भन्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा नयां शक्ति पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य डा. जनक शाहलाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन्

प्रतिक्रिया दिनुहोस
Advertisement