उपेन्द्र यादवलाई फकाउँदै प्रचण्ड, शपथ कार्यक्रममा ढिलाइ हुने


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई फकाउन थालेका छन् ।

जसपा अध्यक्ष यादवले गठबन्धनको भागबण्डा छाडेर सरकारमा सहभागी नहुने संकेत गरेपछि प्रचण्डले उनलाई फोन गरेका छन् ।

नयाँ गठबन्धनमा मन्त्रालयको भागबण्डा नमिल्दा अध्यक्ष यादव बाहिरिएका थिए । तर प्रचण्डले यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिन आग्रह गर्दै फोन गरेका स्रोतले जनाएको छ । प्रचण्डले उनलाई उपप्रधानमन्त्री बनाउने आश्वासन पनि दिएका छन् । अध्यक्ष यादवसँग यसअघि स्वास्थ्यमन्त्री भएको अनुभव पनि छ ।

राष्ट्रपति कार्यालय शितलनिवासले साँझ ५ बजे शपथ गराउने तयारी गरेपनि नेकपा एकीकृत समाजवादी र जसपाबाट मन्त्री बन्नेको टुंगो नलागेकाले शपथ कार्यक्रममा ढिलाइ हुने भएको छ । प्रधानमन्त्री प्रचण्ड सरकारका नयाँ मन्त्रीको शपथ साँझ ६ बजेसम्म गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

जसपा र एकीकृत समाजवादीले स्वास्थ्य, शहरी विकास, संघीय मामिला र वन मन्त्रालय पाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement