राष्ट्रपतिलाई महन्थ र राजेन्द्रले भनेः उपेन्द्र र बाबुरामका फर्जी निर्णयलाई मान्यता नदिनू


काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

बुधबार दिउँसो शीतल निवास पुगेर उनीहरुले नयाँ सरकारबारे जसपाको भूमिकाबारे स्पष्ट पारेका छन् । अध्यक्ष ठाकुरले जसपाको पहिलो अध्यक्ष आफू भएको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर नचल्ने जानकारी गराएका हुन् ।

अध्यक्ष ठाकुरले उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले कांग्रेस र माअ‍ोवादी केन्द्रसँग मिलेर सरकारमा जाने विषय जसपाको आधिकारिक निर्णय नभएको स्पष्ट पारेको स्रोतले जानकारी दियो ।

उनले आफू प्रथम अध्यक्ष भएकाले अन्य व्यक्तिले हस्ताक्षर लिएर आए मान्यता नदिन आग्रह गरेका हुन् । अध्यक्ष ठाकुर र नेता महतोले आफ्नो पार्टीको तर्फबाट उपेन्द्र र डा. बाबुरामले गर्ने कुनैपनि फर्जी निर्णयलाई मान्यता नदिन आग्रह गरेका छन् ।

अध्यक्ष यादवसहित डा. भट्टराईले विपक्षी दल कांग्रेस र माअ‍ोवादी केन्द्रसँग मिलेर नयाँ सरकार गठन गर्न सहमति जनाइसकेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement