दबावमा समाजवादी पार्टी, छाड्लान् त उपेन्द्रले सरकार ?


काठमाडौं – पार्टी एकीकरणपछि समाजवादी पार्टीको पहिलो बैठक आज (बिहिबार) बस्दैछ । बिहीबार राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेमा बस्ने सो पार्टीको संघीय परिषद बैठकमा सरकारमा बसिरहने वा बाहिरिने भन्नेबारे छलफल हुने भएको हो ।

संघीय परिषद बैठक लगत्तै शुक्रबार र शनिबार बस्ने केन्द्रीय समितिको बैठकले संघीय परिषद बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।

डेढ वर्षअघि सरकारसँग दुई बुँदे सहमति गर्दै तत्कालिन संघीय समाजवादी फोरमबाट उपेन्द्र यादव र नयाँ शक्ति पार्टीबाट बाबुराम भट्टराईबीच पार्टी एकता भएपछि पहिलो पटक संघीय परिषद र केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

यस अतिरिक्त बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग पार्टी एकता गर्ने या नगर्ने भन्नेबारे समेत छलफल हुने जनाइएको छ ।

राजपाले पार्टी एकताका लागि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने शर्त राखेको छ । समाजवादी पार्टीले सरकार नछाडेसम्म पार्टी एकताका सन्दर्भमा औपचारिक छलफल नगर्ने राजपाको धारणा छ । राजपाको सोही शर्तका सन्दर्भमा समेत समाजवादी पार्टीले आन्तरिक बैठकमा गम्भीर छलफल गर्ने जनाइएको छ ।

प्रदेश प्रमुख नियुक्तीमा आफ्नो पार्टीलाई नेकपाले भाग नदिएपछि यादवमाथि सरकार छाड्न दबाब परेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement