संविधान संशोधन गर्न ‘अोली-प्रचण्ड’ तयार


काठमाडौ-दुई तिहाई मत सहितको सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा अोली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संविधान संशोधनको लागि तयार भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड संशोधनको लागि तयार देखिएका हुन् ।

छलफलमा यादवले संविधानको धारा २७४ संशोधन भए सरकारमा सहभागी हुने संकेत दिएका थिए । बाम गठबन्धनको सरकारले २ तिहाई मतसहितको सरकार निर्माण गर्न फोरमलाई पनि सहमतिमा ल्याउन कसरत गरेको थियो ।

यादवको संविधान संशोधन गर्न तयार भए २ मन्त्रालयसहित सरकारमा सहभागी हुने संकेतपछि सरकारलाई पूर्णता दिने काम लम्बिएको छ । माओवादी केन्द्रका ७ र एमालेका ८ मन्त्रीलाई एकसाथ शपथ खुवाउने भनिए पनि फोरमसहित सरकारलाई पूर्णता दिन सबैलाई शपथ खुवाउने कार्यक्रम सरेको हो ।

भोली फोरमसँग लिखित सहमति भइ मन्त्रीपरिषदको बिस्तार हुने एमालेले जनाएको छ ।

माओवादी केन्द्रले आफ्नो भागमा परेको ७ मन्त्रालयको लागि मन्त्रीको नाम टुङग्याएर प्रधानमन्त्री ओलीलाई दिइसकेको छ ।

तर एमाले भित्र भने मन्त्री बन्ने र बनाउने विषयमा रस्साकस्सी बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement