सरकारले गर्‍यो ४४ उपसचिवको सरुवा

सरकारले गर्‍यो ४४ उपसचिवको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले ४४ उपसचिवहरूको सरुवा गरेको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीहरूको सरुवा गरेको हो ।

शिक्षा, प्रशासन र इन्जिनियरिङ सेवाका कर्मचारीहरूको एकसाथ सरुवा भएको छ ।

सरुवा हुनेहरूमा लोकबहादुर लोप्चन, गेहनाथ गौतम, गोमादेवी चेम्जोङ, बासुदेव रेग्मी, विनोदकुमार पोखरेल, सीता परियार, मेघनाथ पाध्या, वेदनिधि खनाल, कल्पना घिमिरे नेपाल, चेतराज बराल छन् ।

यसैगरी डोरेन्द्र निरौला, दीपक ज्ञवाली, गंगाधर पौडेल, टेक कुमार रेग्मी, चित्रांगत बराल, दीर्घराज उपाध्याय, रामप्रसाद घिमिरे, जयराम श्रेष्ठ, रोजेन्द्रबहादुर अर्याल शिवप्रसाद लम्सालको पनि सरुवा भएको छ ।

यस्तै हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी बराल, प्रेमकाजी महर्जन, प्रकाश देवकोटा, अशोककुमार भण्डारी, केशव पौडेल, सिर्जना शर्मा, विष्णुराज बेल्बासे, सचिन्द्रकुमार यादवको पनि सरुवा भएको छ । यसैगरी रोशनकुमार कठायत, सूर्यप्रसाद चापागाईँ, विष्णुप्रसाद पौडेल, जितेन्द्रकुमार यादव, घनश्याम भुसाल, हरिचन्द्र जोशी, केशवराज भट्टराई, अशोक अधिकारी, खेमराज काफ्ले, आशिष अर्याल र अनिल भुजेलको पनि सरुवा भएको मन्त्रालयले जनाएको छ ।