मन्त्री पुन भन्छन्- थप मुनाफा हुने अवस्था सिर्जना गर्नुस्, प्रतिफलको लाभ स्वतः कर्मचारीलाई


काठमाडौं—ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले  जनताका पक्षमा काम गर्ने र सरकारको कार्यक्रमलाई सफल बनाउने दायित्व सबैले निर्वाह गर्नुपर्ने बताएका छन्।

आधिकारिक टे«ड यूनियनको निर्वाचनमा विजयी हासिल गरेको राष्ट्रिय कर्मचारी युनियनको पदभार समारोहलाई सम्बोधन गर्दै उनले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेत ऊर्जा क्षेत्रका विषयलाई बढी प्राथमिकतामा राखेको जानकारी दिए।

प्राधिकरणले आर्थिक वर्ष २०७४-७५ मा दुई अर्ब ८४ करोड नाफा गरेको प्रसङ्ग जोड्दै मन्त्री पुनले चालू आर्थिक वर्षमा समेत थप मुनाफा हुने अवस्थाको सिर्जना गर्न र त्यसो भएको खण्डमा मुनाफाबाट प्राप्त भएको प्रतिफलको लाभ कर्मचारीले स्वतः पाउने स्पष्ट पारे।

प्राधिकरणलाई थप सबल, व्यवस्थित बनाउँदै अन्य संस्थानले समेत अनुकरण गर्ने बनाउन आग्रह गर्दै मन्त्री पुनले व्यवस्थापनले कर्मचारीको भावनालाई आत्मसात् गर्दै जाने बताए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतदेखि नै कर्मचारीलाई थप सुविधा उपलब्ध गराउन व्यवस्थापनले प्रयास गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत त्यसतर्फको प्रयास जारी रहने बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement