पेरिसमा ऊर्जामन्त्री पुनको सक्रियता, ऊर्जामा लगानी गर्न आह्वान


काठमाडौं—पेरिसमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालमा लगानी गर्न आह्वान गरेका छन्।

विश्व जलविद्युत सम्मेलन (वर्ल्ड हाईड्रो पावर कंग्रेस) मा सहभागि हुन त्यहाँ पुगेका मन्त्री पुनले आधा दर्जनभन्दा बढी पक्षसंग भेटवार्ता गरेर ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका ह्न।

नेपालमा वैदेशिक लगानी भित्र्याउन उपयुक्त कानुनहरु बनाइएको र स्थिर सरकार रहेको भन्दै मन्त्री पुनले विभिन्न समूहलाई लगानीका निमित्त आग्रह गरेका हुन् ।

डब्लु डब्लु एफ (धधा) पीएनपी, इडीएफ लगायतका समूहका सिनियर भाइस प्रेसिडेन्टहरुसंग मन्त्री पुनले भेटवार्ता गरेका हुन् । उनले इडीएफ समूहका सिनियर भाइस प्रेसिडेन्ट गिराडसंग भेटावार्ता गरेका थिए ।

नेपालमा पहिला पनि फ्रान्सले उर्जा क्षेत्रमा लगानी गरेको र अहिले पनि लगानीका लागि उत्सुक भएको उनले मन्त्री पुनसंगको भेटवार्तामा बताएका हुन् ।

त्यस्तै, मन्त्री पुनले वर्ल्ड हाईड्रो पावर कंग्रेसका प्रेसिडेन्ट रिचर्ड टेलसंग पनि भेटवार्ता गरेका छन् । टेलरले लगानीको वातावपरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । डब्लु डब्लु एफले नेपालको सिंचाई क्षेत्रमा काम गरिरहेको छ । साथै, नेपालको पानि तथा कन्जरभेसनको क्षेत्रमा पनि काम गरिरहेको छ ।

शुक्रबार लगानीका लागि आपसि सम्झौता गर्ने तयारी रहेको छ। यसअघि मन्त्री पुनले नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पार्दै वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको जानकारी गराएका थिए । त्यस्तै, अमेरिकन हाइड्रोपावर प्रोजेक्ट एशोसियसनको हार्दि जोम्सोन र लिङ्दासंग पनि मन्त्री पुनले भेटवार्ता गरेका छन् ।

नेपालले उर्जा क्षेत्रमा पछिल्लो समयमा गरेको कामको प्रसंशा गर्दै उनीहरु खुसी मन्त्री पुनसंग खुसी भएका थिए । साथै, उनीहरुले अमेरिकामा केही समयपछि हुने इन्भेस्टमेन्ट समिटमा सहभागि हुन मन्त्री पुनलाई आग्रह गरे । उक्त समटिमा विभिन्न लगानीकर्तालाई बोलाउने र नेपालले पनि त्यो लगानीमा सहभागि गराएर फाइदा लिन मन्त्री पुनलाई उनीहरुले आग्रह गरेका थिए । साथै, क्यानेडियन इलेक्टोनिक कमिसनका व्यक्तिसंग पनि मन्त्री पुनको भेटवार्ता भएको छ ।

उनीहरुसंग ड्याम निर्माण सम्बन्धी भएर मन्त्री पुनले छलफल गरेका थिए । नेपालको ड्यामको क्षेत्रमा सहयोग गर्ने र लगानीको वातावररण बनाउन तयार रहेको मन्त्री पुनलाई उनीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement