पाँच वर्षभित्र सबै नेपालीकाे घरमा बिजुली : ऊर्जामन्त्री पुन


 रोल्पा–ऊर्जा, जलस्रोत तथा सि‌ंचाइ मन्त्री वर्षमान पुनले विद्युतकाे खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने बताएका छन् ।

रोल्पामा आइतबार आयोजित कार्यक्रममा मन्त्री पुनले अहिलेसम्म  ८५ प्रतिशत नागरिकको घरमा विद्युत् सेवा  पुगिसकेकाे र  आगामी पाँच वर्षभित्र सबै नागरिकलाई विद्युत् सेवा उपलब्ध गराइने बताएका हुन् ।

सरकारले तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार र दश वर्षमा दश हजार मेगावाट विद्युत् उपलब्ध गराउने लक्ष्य निर्धारण गरेकाले सबै वर्ग तथा क्षेत्रलाई समेटेर अगाडि बढ्ने विश्वास व्यक्त गरे। मन्त्रालयले  यसै वर्ष श्वेतपत्र जारी गरेकाे थियाे। उक्त श्वेतपत्रमा ऊर्जा उत्पादनमा जोड, प्रसारण लाइन निर्माण तथा अन्य नीतिगत विषय उल्लेख रहेकेा जानकारी दिँदै मन्त्री पुनले  जलस्रोतको एकीकृत विकास गरेर आर्थिक समृद्धिको आधार तयार पार्ने बताए।

मन्त्री पुनले   हरेक गाउँपालिका कम्तिमा १५ शैयाको अस्पताल बनाउने सरकारको नीति रहेको समेत जानकारी दिए।  मन्त्री पुनले विद्युत उत्पादन गर्ने, बाटो बनाउने, रेल मार्ग बनाउने सरकारको लक्ष्य अनुसार अहिले काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement