वर्ल्ड हाईड्रो पावर कंग्रेसमा सहभागी हुन ऊर्जामन्त्री पुन पेरिस प्रस्थान


 काठमाडौं— ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन फ्रान्सको पेरिस प्रस्थान गरेका छन् ।

वर्ल्ड हाईड्रो पावर कंग्रेस २०१९ मा सहभागि हुन मन्त्री पुन सोमबार साँझ पेरिस तर्फ प्रस्थान गरेको उनको नीजि सचिवालयले जनाएको छ ।

कांग्रेसमा विश्वका विभिन्न देशका ऊर्जामन्त्रीहरु सहभागि हुने कार्यक्रम छ । मन्त्री पुनले कँग्रेसको उद्घाटन सत्र, साउथ एण्ड ईस्ट एसियामा ऊर्जाका विषयमा हुने प्यानल डिस्कसन लगायतमा मन्तब्य राख्ने कार्यक्रम समेत छ ।

उनले पेरिसमै विश्व बैंकका प्रतिनिधि लगायत विभिन्न देशका आफ्ना समकक्षी मन्त्रीसहरूसंग भेंटवार्ता गर्ने कार्यक्रम रहेको उनका प्रमुख स्वकिय सचिव दुर्गा चापांगाईले जानकारी दिए । मन्त्री पुनसंगै विधुत विकास वोर्डका महानिर्देशक मधु भेटवाल र स्वकिय सचिव सन्तोष पनि पेरिस प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement