उर्जामन्त्रीले गराए विद्युत् नियमन आयोगका अध्यक्षलाई सपथ


काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तले  विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीलाई सपथ ग्रहण गराएका छन् । बुधबार उर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वर्षमान पुनले अध्यक्षलाई सपथ गराए लगत्तै अन्य पदाधिकारीले अध्यक्षबाट सपथ लिएका हुन् ।

मन्त्री पुनले आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । त्यसपछि अध्यक्ष सिंहले आयोगका सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए । मन्त्रीपरिषद् बैठकले गत सोमबार बिद्युत् विकास विभागका पूर्वमहानिर्देशक सिंहलाई बिद्युत् नियमन आयोगका अध्यक्ष तथा रामप्रशाद धिताल, रामकृष्ण खतिवडा, रामेश्वरप्रशाद कलवार र भागिरथी ज्ञवालीलाई सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो ।

मन्त्री परिषद्ले ऐन प्रमाणीकरण भएको डेढ वर्षपछि बिद्युत् नियमन आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement