ऊर्जामन्त्री पुनद्वारा माडीखोलाको पुल उद्घाटन


काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ रोल्पाको माडीखोला पुल उद्घाटन गरेका छन् । विगत एक दशकदेखि चर्चाको विषय बनेको बहुचर्चित माडीखोला पुल निर्माण कार्य सम्पन्न भएसंगै मन्त्री पुनले शनिबार उद्घाटन गरेका हुन् ।

रोल्पाका सरोकारवालाहरूको ध्यान आकर्षण गरेको माडीखोला पुल निर्माण भएपछि अब सोही मोटरेबल पुलबाट यातायातका साधनहरू आवतजावत गर्ने भएका छन् । पुल निर्माण भएपछि निकै लामो समयदेखि आलोचना खेपेरहेका नेतादेखि रोल्पालीसम्म खुसी भएका छन् ।

उद्घाटन समारोहमा मन्त्री पुनसंगै पूर्व सभामुख ओनसरी घर्तीमगर, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेन्द्रकुमार पुनमगरलगायतको उपस्थिति थियो । तत्कालीन नेकपा (माओवादी) सरकारमा सहभागी भएपछि पहिलो प्राथमिकताका साथ रोल्पाको विकास निर्माणलाई अगाडि बढाएको थियो ।

विगतदेखि माडीखोलामा पुल नहुँदा रोल्पाको सदरमुकाम लिबाङसम्म आउनका लागि पश्चिम क्षेत्रका बासिन्दालाई निकै सास्ती हुने गरेको थियो । रोल्पा जिल्लाका आम सरोकारवाला नेतृत्वको परार्मशमा रोल्पा जिल्लाका नेतृत्वहरूको पहलमा माडीखोला पुलका लागि बजेट व्यावस्था गरी पुल निर्माणको लागि अगाडि बढाइएको थियो । २०६६ असार १९ गते पुल निर्माणका लागि सडक डिभिजन कार्यालय चकचके प्युठान र ठेकदार वसन्त डिसी बीचमा सम्झौता भएको थियो ।

सम्झौताअनुसार तीन करोड ६८ लाखमा निर्माण हुने पुल अझैसम्म पनि निर्माण कार्य सम्पन्न हुन सकेन । निर्माण व्यवसायी डिसीले विभिन्न बहाना र कानुनी कुरा गर्दै पुल निर्माण नगरेको स्थानीयको आरोप छ । पहिलो पटक गरेको सर्बे अनुसार पुलको लम्बाइ ६२ मिटर, मोडहरू पनि कम कटान गरिएको थियो । वर्षमान पुनमगर अर्थमन्त्री भएको बेला पुल शिलान्यास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement