त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे

त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकोटको त्रिशुली पुगेका छन् । सोमबार बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण र ऊद्वार कार्यको जानकारी लिन उनी नुवाकोट गएका हुन् ।

मन्त्री श्रेष्ठले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै छलफल थालेका छन् ।गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्वारको लागि समन्वय गरिरहेका छन् ।

जलविद्युत् आयोजनाको सुरूङको उद्वारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरण ब्रिफिङ गरेका छन् ।

मन्त्री श्रेष्ठसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकोट पुगेका छन् ।

ब्रिफिङ लिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवास्थित जलविद्युत् आयोजनाको उद्वार स्थलको निरीक्षणमा जानेछन् भने पीडितका परिवारसँग छलफल गर्ने कार्यक्रम छ ।