मनपरी सरुवामा उर्जामन्त्रीको लगामः मापदण्ड बनाएर मात्र सरुवा गर्ने मन्त्रालयको तयारी


काठमाडौं – उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाउन निर्देशन दिएका छन् । कर्मचारीको सरुवा हचुवाका भरमा हुने गरेको गुनासो आइरहेको बेला उर्जामन्त्रालयले मापदण्ड बनाएर कर्मचारीको सरुवा गर्ने भएको हो ।

मन्त्री पुनले मन्त्रालयका सचिव र विभागका प्रमुखलाई सरुवाको मापदण्ड बनाएर ल्याउन निर्देशन दिएको उनका प्रेस संयोजक रोशन खड्काले बताए । मन्त्री पुनले मापदण्ड बनाएपछि मात्र कर्मचारीको सरुवा गर्ने उच्च पदस्थ अधिकारीहरुलाई बताएका छन् । मन्त्री पुनको निर्देशन दिंदै भने ‘सरुवामा मापदण्ड बनाएर मात्र कामकाजमा सरुवा गरिने छ,मापदण्ड भएपछि पूर्वअनुमान योग्य पनि हुन्छ ।’

उर्जामन्त्री पुनले मापदण्ड बनेपछि कर्मचारीले समान अवसर पाउने बताए । उनले सरुवाका लागि भनसुनले काम गर्नेभन्दा पद्दतिले काम गर्ने खालको भए अनुचित लाभ र दबाबले पनि काम नगर्ने दाबी गरे ।

‘मापदण्ड बनाएर गर्ने सरुवाले कर्मचारीलाई पनि उत्प्रेरित गराउँछ,’ मन्त्रीको भनाई उदृत गर्दै प्रेस संयोजक रोशन खड्काले भने, ‘मापदण्डले सबै कर्मचारीको वृत्ति विकासमा समेत सहयोग पुर्याउँछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement