ऊर्जा र जलविद्युतमा लगानी भित्र्याउन डाैडधुपमा रहेका मन्त्री पुन स्वदेश फिर्ता


काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन   स्वदेश फिर्ता भएका छन्। सर्वियामा भएकाे यूरो एशियन इनर्जी फोरम’ मा सहभागी उनी साेमबार स्वदेश फर्केिएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री पुनले सम्मेलन फलदायी भएको र नेपालको ऊर्जा क्षेत्रमा भइरहेको पछिल्लो प्रयासका बारेमा अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराएको बताए।

नेपालमा लगानीको वातावरण बनेको भन्दै उनले भ्रमणका क्रममा अन्तर्राष्ट्रिय समुदायलाई नेपालको पछिल्लो अवस्थाका बारेमा अवगत गराई लगानीका लागि आग्रह गरेको उल्लेख गरे ।

भ्रमणका क्रममा मन्त्री पुनले सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकसँग भेट गरेका थिए । भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुवै देशको बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमा समेत कुराकानी भएको थियो ।

मन्त्री पुनले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानीका लागि सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिनसमेत आग्रह गरेका थिए। यस्तै सर्वियाली नागरिकलाई नेपाल भ्रमणमा पठाउनसमेत आग्रह गरेका थिए।

यस्तै नेपाल र सर्वियाबीचको सम्बन्धलाई थप मजबूत बनाउनसमेत भ्रमणले सहयोग पु¥याएको मन्त्री पुनको भनाइ छ । मन्त्री पुन  कात्तिक ८ गते सर्विया प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement