जलविद्युतमा आयकर छुट र हेजिङ फण्डवारे यस्तो छ उर्जामन्त्रीको धारणा 


काठमाडौं – उर्जा,जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन र  अन्तराष्ट्रिय वित्त निगमकी नेपाल,भुटान र बंगलादेश प्रमुख वेन्डी वेर्नरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटमा आपसी सहयोग र उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । 

भेटमा मन्त्री पुनले सरकारले २०७५ देखि २०८५ सम्म ऊर्जा दशकको घोषणा गरेको भन्दै उक्त अवधिसम्म करमा छुट वा थप सहुलियतका लागि पहल गर्ने वचन दिए । मन्त्री पुनले जलविद्युत आयोजनाबाट प्राप्त हुने आम्दानीमा लाग्ने कर (आय कर) छुटको लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् । उनले जलविद्युतमा आयकर छुटको व्यवस्था नभएपनि मन्त्रिपरिषद बैठकबाटै पारित गर्न पहल गर्ने आश्वासन समेत दिए । 

नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले हेजिङ फण्डको पनि व्यवस्था भइसकेकोले लगानीको लागी नेपालमा उपयुक्त वातावरण रहेको जानकारी दिए । ‘विदेशी लगानीकर्तालाई सजिलो होस भनेर हामिले हेजिङ फण्डको पनि व्यवस्था गरेका छौं, यसबाट विनिमय दरमा आउने उच्च परिवर्तनको जोखीम पनि कम हुन्छ ।’  मन्त्री पुनले भेटमा भने । 

भेटमा आईएफसीका नेपाल, भुटान र बंगलादेश प्रमुख रहेकी वेर्नरले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताईन । कोरियन कम्पनीले निर्माण गरेको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा आईएफसी समेत सहयोगी रहेको जानकारी समेत वेर्नरले उर्जामन्त्री पुनलाई दिएका थिईन । 

मन्त्री पुनले वेर्नरसंगको भेटमा माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।   

प्रतिक्रिया दिनुहोस
Advertisement